Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा बबबण्डर अध्यक्ष प्रचण्ड र नेपाल असन्तुष्ट

काठमाडौं । मनमौजी तरिकाले सरकार सञ्चालन गरिरहेका केपी ओलीको कार्यशैलीप्रति सत्तारुढ दल जहिले पनि असन्तुष्ट रहँदै आएको छ । मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेका छन् । स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ । प्रधानमन्त्रीले पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद् स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार नभएको प्रचण्डनिकटहरुले बताएका छन् । यसैबीच वरिष्ठ नेता नेपालले पनि मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप लगाएका छन् । उनले यसमा कुनै सहमति नभएको र यो पार्टीको निर्णयविपरीत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार आफ्नो गुटका मात्रै मन्त्री बनाएको उनीहरुको आरोप छ । ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् । त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका छन् भने सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् ।


सम्बन्धित समाचार