Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् विस्तारमा लागे देउवा, मागे मन्त्रीको नाम

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गरेका थिए ।
मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको उनको भनाइ छ ।
आजको बैठकमा बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका नेताहरु कुनै छलफल नभएको पौडेलले दावी गरिन् ।