Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीलाई किन धम्क्याइन टिकटकरले

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्काउने महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसंग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई आज पक्राउ गरिएको पर्सा प्रहरीले पुष्टि गरेको छ । वीरगन्जको मुर्लीबाट किरण साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले पुष्टि गरे । उनका अनुसार खानेपानी मन्त्रीको सचिवालयले आज प्रहरीमा उजुरी दिएको हो, सोही उजुरीको आधारमा पक्राउ गरिएको हो । साइबर अपराध अन्तर्गत उजुरी परेकोले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता भट्ट बताउँछन् । साहसँग अहिले प्रहरी नियन्त्रणमा लिएर आवश्यक सोधपुछ चलिरहेको बताए ।

भएको के हो ?
शुक्रबार राति सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र एक महिलासंग भएको कुराकानीको अडियो भाइरल भयो, जसमा ती महिलाले आफ्नो कुराकानी चर्को स्वरमा राखिरहेकी छन् । उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् । उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ । खानेपानी मन्त्रीको फोन रिसिभ भएपछि उनले सुरुमै अपने फोन काहे नइखी उठावत ? तपाइँले फोन किन रिसिभ नगर्नु भएको भन्दै प्रश्न गरेकी छन् । त्यसपछि तपाइँ प्रदीपज्यू बोल्नु भएको हो भनेर तारन्तार प्रश्न गरेको सुनिन्छ । खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो ?, उनले तारान्तार प्रश्न गर्छिन् । मन्त्री यादवले ‘हो’ भनेपछि साहको आक्रोशमिश्रित प्रश्नहरू सुरु हुन्छन् । उक्त अडियोमा सुनिन्छ– वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो ? तपाईंहरूले पानी वितरण गर्नुभयो, के जाँच गरेर पानी दिनुभयो ? त्यो कारणले अहिले धेरै मान्छे अस्पतालमा भर्ना छन, मेरै घरको मान्छे आयूसीयूमा भर्ना छन् । म तपाईंलाई छोडदिनँ, डर लाग्दैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल