Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीसँग नाता जोडेर लाखाैं ठगी

काठमाडौं । यहाँ ठगी धन्दामा लाग्नेहरुले सानातिनाको नाम पक्कै लिँदैनन् । ठूला बडा त्यसमा पनि मन्त्रीदेखि प्रधानमन्त्रीको नाम जोडेर, सँगै बसेको फोटो देखाएर त कतिपयले नाता सम्बन्ध जोडेर ठगी धन्दा चलाइरहेका छन् । यहाँ एउटा इमान्दार मन्त्री गोकर्ण विष्टसँग नाता जोडेर एक नटवरलालले लाखौं रुपैया पचाएर बेपत्ता भएका छन् ।
गुल्मीको इस्यमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टको परिवार नै ठगीसम्बन्धी विवादमा मुछिएको छ । गाउँपालिकाका अध्यक्षका छोरा सूर्यबहादुर बिष्टले आफूलाई ठगी गरेको भन्दै बारा जिल्ला माइती भई प्युठानको स्वर्गद्वारी गाउँपालिका ५ घर भएकी र काठमाडौ बस्ने वर्ष ३१ की सरिता केसीले लेनदेन न्यायका निम्ति उजुरी दिएकी छिन् । उनले रकम फिर्ता दिलाई पाउँ भनी इस्मा गाउँपालिकामानै सूर्यबहादुर बिष्ट कि श्रीमती पूजा विष्टलाई विपक्षी बनाई बनाइएको छ ।


स्वर्गद्वारी नगरपालिका ५ का शशकिुमार खड्का आर्थिक लेनदेन तथा जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि जेलमा छन् । श्रीमती सरिता केसीको काखमा ३ बर्षको नाबालक बच्चा छ । श्रीमान केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौंमा थुनिएपछि बेसहारा जस्तै बनेकी सरिता श्रीमानलाई जेलमुक्त गरिदिने सहारा खोज्दै थिइन् । यही सिलसिलामा उनका आफन्त मार्फत सरिताको उनै सूर्य विष्टसँग चिनजान भयो । सूर्यबहादुर विष्टले गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बिष्टको छोरा र पूर्व चर्चित मन्त्री गोकर्ण विष्टको भतिजको नाता जोड्दै अदालतमा भएको मुद्दा मिलाइदिने भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए । पीडित सरितालाई यति गरिदिने मान्छे भगवाननले नै जुराइदिएको जस्तो लाग्यो । श्रीमान् छुट्ने भएपछि बिस्तारै पटक–पटक गरी ३५ लाख दिइन् ।

सो रकम लिएर सूर्य विष्ट फरार भएपछि सरितालाई दिनप्रतिदिन चिन्ताले सताउन थाल्यो । श्रीमान जेलमा, ऋणधन गरेर जम्मा पारेको रकम बोकेर दलाल बेपत्ता, नाबालक बच्चा काखमा । चिन्ताले मात्रै हुने केही थिएन, न्याय खोज्दै पथ्र्यो । उनी न्यायको खोजीमा भौंतारिन थालिन् ।
उता, आफ्नै छोराविरुद्ध त्यो पनि बुहारीलाई नै विपक्षी बनाएर ठगी मुद्दामा उजुरी बोकेर आएपछि गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले उजुरी दर्ता नगर्न दबाव दिए । सोही कारण पीडितको उजुरी गाउँपालिकाले लिन नमानेको स्रोतले बतायो । पीडितका अनुसार अध्यक्ष विष्टले समेत धम्क्याउने र दबाब दिने गरेका छन् । उजुरी उपर छानविन गर्ने र पीडितलाई न्याय दिलाउने पहिलो कर्तव्यबाट इस्मा गाउँपालिका चुकेको थियो । अन्तत पीडित महिलाले दवावका बीचमा पनि इस्मा गाउँपालिकामा उजुरी दर्ता गरेको समाचार स्रोतले जनाएको छ । उजुरीमा उनै सुर्यबहादुर विष्ट कि श्रीमती पूजा विष्टलाई विपक्षी बनाइएको छ । रकम ठगेर फरार भएका सुर्य विष्टले काका गोकर्ण विष्टको नाम बेचेर पटक पटक ठगी गर्दै आएका छन् । ठूला मान्छेसँग नाता जोडिएका कारण सूर्यबहादुरले त्यो पैसा पचाइदिने त होइन भन्ने चिन्ता सरितालाई थपिएको छ ।