Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री आलेको अश्लिल अडियो र भिडियो सार्वजनिक,कारबाही गर्न माग

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियोरभिडियो सार्वजनिक भएको छ ।

मन्त्री जस्तो गरिमामय पदमा बसेर सामान्य आचरणको समेत ख्याल नगरी मन्त्री आलेले बोल्नुभएको अश्लिल अडियोरभिडियो सार्वजनिक भएसँगै कारबाही गर्न माग उठेको हो ।

अश्लिल अडियोको सत्यताबारे भने आलेले हालसम्म केही बोल्नुभएको छैन । मन्त्री आलेले तल्लो स्तरको गालीगलौज गर्नुका साथै उठाइदिने, उडाईदिने र काटिदिने धम्कि समेत दिनुभएको छ ।

एमाले सचेतक शान्ता चौधरीले भन्नुभएको छ, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ ।


सम्बन्धित समाचार