Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री तह लगाउने नासु

काठमाडौं । जनतालाई निशुल्क दिनुपर्ने औषधि ठेकेदारसँग खरिद ग¥यो गोदाममा थन्क्यायो । बरु औषधि सड्छ गाउँ पुग्दैन । राजनीति परिवर्तन जस्तोसुकै होस् स्वास्थ्य मन्त्रालयको स्टोरमा एक डन छन् । जसले राजनीतिका नौ रुप फेर्छ । मन्त्री जुनसुकै पार्टीको होस् स्टोरमा उसैको राज छ । त्यस्ता बलवान नासु हुन् केदार उप्रेती ।
सबैलाई पैसा चाहिएको छ । त्यहाँ अमिक शेरचन, गिरिराजमणि पोखरेलजस्ता देशको राजनीतिलाई आमूल परिवर्तन गर्छौ भन्ने खाइदेउहरू मन्त्री बनेर गए । उनीहरूले झिंगो मारेनन् । बरु स्टोरको नाममा हुने कुकर्मबाट प्राप्त पैसा खाए, जनताले स्वास्थ्य चौकीमा सिटामोल पाएनन् । जीवनजलको कुरै छाडौं ।
प्रत्येक मन्त्रालय शुद्धिकरण गर्ने हो भने केदार उप्रेतीजस्ता जुकाहरू थुप्रै भेटिन्छन् । मन्त्री घुस्याहा, सचिव लुटाहा छन् भने यस्ता जुकाले मौका पाउँछन् । काँग्रेसका गगन थापा पनि निकै काम गर्ने भनिए । दिनभर मन्त्रालय नटेक्ने चार बजेपछि मन्त्रालयका छि¥यो । अनि कान्तिपुर बोलायो, काम गरेको प्रचार ग¥यो उनको काम त्यही भयो । गगनको समयमा पनि गाउँको स्वास्थ्य चौकीमा समयमा औषधि पुगेन । सरकारले जनस्वास्थ्यका लागि छुट्याएको बजेट सकियो । अहिले उपेन्द्र यादव उपप्रम एवं स्वास्थ्यमन्त्री छन् । उनले स्वास्थ्य मन्त्रालय बुझेका बदनाम चरित्र के के राईलाई त्यही राखेका छन् । तर पनि पहाडमा त परै जाओस् उनकै गृहजिल्लाको स्वास्थ्य चौकीमा औषधि पुगेको छैन । भण्डारे तिनै केदार उप्रेती छन् । उपेन्द्र यादवलाई के मतलब ! दलका नेताको चरित्र शुद्ध नहुँदा कर्मचारीले हेप्छन् । सरकारले कडी कडाउ नगर्दा केदार उप्रेती जस्ता नासुले सचिव र मन्त्रीसम्मलाई तह लगाउँछन् भनेको यही हो ।