Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री बन्न काजीले गुहारे पत्रकार !

काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सांसद भएका छन् । उनलाई यो संविधानले मन्त्री बन्न नैतिक रूपमा दिँदैन भन्दै युरोपेली युयियनका दलाल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कड्किँदै छन् । नेम्वाङको दाउ ओली गुटलाई बलियो बनाउने हो । ईश्वर पोखरेल जस्ता तस्करका संरक्षक र स्वार्थका लागि जता मल्कु उतै ढल्कु स्वभावका विद्वान्, पार्टीमा स्वार्थका लागि विधि र प्रक्रियाको ऐलान मच्चाउने ऐँजेरुलाई उपप्रममै राखियो भने युरोपेली युनियनका एजेन्डाको पक्षमा मन्त्रिमण्डल बैठकमा कोरम पुग्छ भन्ने दाउ सुवासको छ । तर नारायणकाजीलाई आफ्नो पार्टीनिकट पत्रकारको विश्वास छैन । उनको पक्षमा कलम चलाउन मिल्ने इस्यू थुप्रै थिए । हिजो उपप्रम तथा परराष्ट्रमन्त्री र स्थानीय विकासमन्त्री रहेका बेला राम्रै काम गरेका कारण प्रेसले काजीलाई बाइपास गर्दैनथ्यो । उनको खराब बानी भनेको कम्बल ओडेर घिउ खाने हो । देखिने अविवाहित नारायणकाजी र गिरिराजको एउटी महिलासँगको सम्बन्ध चर्चामै रहन्छ ।

अझ फूर्ति यिनैले लगाउँछन्, यिनै पुग्छन् हिजो राजेन्द्र पाण्डेसँग केटीकै कारण शत्रुता साँधेका नेकपा चौमका तत्कालीन कार्यकर्ता बहुदलपछि खुमे काँग्रेस भएका घरकी पत्नीलाई नोकर र दासी बनाएका एक विद्वान् हिन्दू धर्मका निमित्त लेखन अभियान चलाउँदै भारतीय दूतावास र पूर्वराजा ज्ञानेन्द्रको सेवक भएकोमा गर्व गर्ने दर्शनार्थीले मन्त्री बनाउन काजीलाई संविधानको कुनै धाराले छेक्दैन भन्ने समाचार लेखेपछि नेकपामा ८० रेक्टरको भूकम्प गएको छ । धिक्कार छ, कम्युनिस्ट राजनीतिमा दरिद्र पाटो यहाँ भन्दा पर खोज्नुपर्दैन । प्रचारकै भोक थियो भने काजीले गण्डकी प्रदेश तनहुँ, लमजुङ, गोरखाका स्थानीय पत्रकार कति छन्, प्रेस सङ्गठनका नेता–कार्यकर्ता कति छन् ? महेश्वर दाहाल, ओम शर्मा नेकपाकै केन्द्रीय सदस्य थिए । पैसा खर्च नगरे पनि नारायणकाजीको प्रचार मोह यिनैले पूरा गर्थे ।

तर उनी भारतीय दूतावासका विश्वासी पूर्वराज ज्ञानेन्द्रका मुन्सीकै रूपमा बेलाबखत प्रस्तुत हुने आफूबाहेक नेपालमा ठूलो विद्वान् विधुषी कोही नभएको दम्भ देखाउने स्व. खुमबहादुर खड्कालाई विद्वान्, सफल राजनीतिज्ञ ठान्नेहरूसँग हारगुहार गर्न पुगे । काजीको यो बहुलट्ठीपनको कठै भन्ने हो, काँध कसैले हाल्दैन किनकि उनी मन्त्री बन्न कठिन छ । नारायणकाजीको पौरख उनका भित्री कुरा यो समाचारदातालाई धेरै थाहा छ । हिजोको चौम सिद्धार्थ वनस्थलीको अङ्ग्रेजी शिक्षक, गर्जन साप्ताहिकको सम्पादक–प्रकाशकलाई नेपाली पत्रकारिताको पिलन्धरे पञ्चायत युगपछिको बहुदलमा जनएकता साप्ताहिकसँग जोडिएका गिरिराजमणि पोखरेल, स्व. धनीराम पौडेल, नारन दाहाल, दामोदर तिमिल्सिना पत्रकार सम्पादक पार्टी महासचिव प्रकाशका प्रशिक्षक थिए ।

कमरेडहरूको राष्ट्रवाद र राष्ट्रघात यस्तै बेला देखिन्छ । किनकि नारायणकाजी अर्थमन्त्री बन्ने दाउमा छन् । यिनको सचिवालय चलाउने भनेको एकीकृत पार्टी बनेको वर्षौं हुँदासम्म पूर्वमसाल पक्षलाई बाइपास गरेका अविवाहित शिक्षामन्त्री गिरिराजमणिको अहिलेको सचिवालय जस्तो छ, त्यस्तै हो । अहिले पनि गिरिराज समूहगत रूपमा नाम भजाएर पैसा उठाएकै छन् । काजी जस्ता आफ्नो निवासमा अमृतमय वाणी भित्तामा लेखेर शुद्ध हुन खोज्नेले बेलैमा विचार गरे हुन्छ । पार्टीको प्रवक्ता संविधान बोकेर कुनै पत्रिकाको कार्यालय पुगेर समाचार लेखाउन तम्सनु भनेको त्यसले प्रेस सङ्गठनलाई नटेरेको हो । यदि यस्तै हो काजीको बेहोरा भने अबका दिनमा नेकपा सम्बद्ध पत्रकारले काजीको कम्बल ओढेर गर्ने कर्मले महरा प्रकरण सार्वजनिक गर्न सक्छन्, समयको ख्याल गरे राम्रो ।


सम्बन्धित समाचार