Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री हेरफेर गर्न दुई अध्यक्षको गृहकार्य

काठमाडौं । पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाएर केही सहज भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र फेरि मन्त्रिमण्डल पुनर्गठठनको चर्चा चुलिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । यसअघि आज हुने भनिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो । यसैबीच अध्यक्षद्वयबीच आजको सचिवालय बैठकमा हुने बिषयका बारेमा प्रचण्ड र ओलीबीच छलफल भएको हो । नेकपाको आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि ओली र दाहाल थप गृहकार्यमा जुटेका हुन् । आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल भएको थियो । उक्त बैठकले मन्त्रिपरिषद् पुनर्गठनको बिषयलाई स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो । आइतबारको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे ३ विकल्पका विषयमा छलफल भएको थियो । बैठकमा सबै मन्त्रीहरु फेर्ने, सुरुमा मन्त्री भएका सबैलाई हटाउने या केही मन्त्रिलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो । यस विषयमा ओली र प्रचण्डबीच थप छलफल भएको र दुईबीच सबै मन्त्री हेरेफेर नगर्नेबारे सहमति जुटेको छ । स्रोतका अनुसार कार्यक्षमताका आधारमा कमजोर मानिएका मन्त्रीहरूलाई हटाउनेबारे छलफल भएको छ ।


सम्बन्धित समाचार