Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आज बेलुकीसम्म राजनीतिक दलहरलाई बहुमत सिद्ध गरि सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय पूरा हुदैँछ । तर मुलुकको राष्ट्रिय समस्या भन्दा व्यक्तिगत स्वार्थपूर्तिको फाइदा बेफाइदालाई गणना गरेर काँग्रेस, माओवादी, जसपा जस्ता शक्तिहरु कर्सी केन्द्र्रीत हुदैछन् । प्रधानमन्त्री केपि ओलीले सत्ता छोड्नका लागि एमाले इतरका शक्तिहरुको गठबन्धन बन्नु पर्दछ । तर त्यो गठबन्धन कोही बालुवाटार तिर कोही बुढानिलकण्ठ तिर दौडिरहेको छ । यो दौडमा चाखे थाप्दै प्रम केपि ओलीको समूह द्वारा खेदिएको माधव झलनाथ पक्षको निर्णयलाई कुरेर थपडी बजाउनेहरु पनि छन् ।
आखिर नेकपा एमाले विभाजन गर्न देशी विदेशी शक्तिको आउछ । नेपालमा कम्युनष्टिलाई स्थायित्वमा आउन नदिने विदेशी शक्तिको हात छ भन्ने ठाँउ छैन जबकी एमालेको ओली पथमा सिआईए र युरोपेली युनियनको साथ छ । डलरमा चलेको इन्सेक, यातना पिडित सरोकार केन्द्र, एडभोकेसी फोरम मात्र होइन जिफन्ट, पेशागत महासंघ जस्ता संस्थाबाट डलर ओसार्ने धन्दा अहिले पनि छ । सामुदायिक बनको नाउमा समेत नर्बे, अष्ट्रेलियाको सहयोग लिएर देशको सूचना बेच्ने राष्ट्रवादी ओलीका जेहेन्दार गोठालाहरु धेरै छन् । पार्टी फुटाउने यीनै हुन् । ओली पक्षको स्थायि समितिले माधव पक्षका चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
एमालेले स्वार्थका लागि बामपक्षको साथ लिन खुट्टा ढोक्छ दाम चढाउँछ । त्यो काम गण्डकी प्रदेशमा सफल भयो लुम्बिनीमा त्यस्तै हुन्छ जस्तो छ । संघिय सरकारमा भारतीय धर्ती पूत्रहरु महन्त ठाकुर राजेन्द्र महत्तो उठबस गर्दैछन् । ओलीको मात चढ्दा पार्टी एकताको तीन वर्ष २ महिनामा माओवादी खेदियो । माधवका पक्षका मन्त्रीहर छानेर हटाईयो । बामदेव जस्ता सत्ता स्वार्थ पदलम्पट नेताले एमालेको नवौ महाधिवेशनमा ओलीलाई बोकेको फल पाक्दैछ । ओली कम्युनष्टि आन्दोलनको घातक तत्व भएको छर्लङ्ग हुदै गर्दा बामपन्थीको बदनाम तस्कर र भ्रष्ट पार्टीको संरक्षक बनेको प्रमाण जुटदैछ । एमाले त फुट्ने नै भयो ओली र विद्याको रमाईलो व्याख्या तयार गर्न अग्नी र सुभाषहरुले कानून बनाए हुन्छ ।
गाँउतिर भनाई छ माटो राम्रो भए बाली राम्रो हुन्छ आमा राम्रो भए सत्तान राम्रा हुन्छन् । राजनीति पनि त्यही हो । दलका नेता राम्रो हुन्थे भने दलका सांसद राम्रा निष्ठावान छानिन्थे । नेपालको राजनीति हाँक्ने नेता खराब हुन व्यवस्था खराब होइन । बहुदल कालको १४ वर्ष काँग्रेसी राज चल्यो । एमाले काँग्रेसको सारथी भयो । माओवादी विरुद्धको अभियानमा काँग्रेस सत्तामा एमालेका जासुस गण भत्तामा सरिक थिए । पैसामा बिकेको नेतृत्वले मध्यरातमा राष्ट्रघाती महाकाली सन्धी गरेकै थियो । त्यो सन्धीका नायक थिए केपि ओली । उनको राष्ट्रवादले भारतको दक्षिण पन्थी भाजपाको सरकारको साथ पाएको कारणले महन्त ठाकुरहरुले काँग्रेसका शेर बहादुरलाई गनेनन् । हिजो देउवा शासन निर्दोषमाथि कालको रुपमा प्रमाणित भएकै हो ।
राजनीति जीवनका बुढ्यौली समयमा काँग्रेस त्यागेर संघियता गणतन्त्र र समावेशीताको झण्डा उचाल्दै मधेसीको हक राज्यबाट दिलाउन खटेका ठाकुरले काँग्रेसबाट नयाँ व्यवस्थामा मधेसीको हित हुने आश गरेनन् । मधेसमा ठाकुर जस्ता नेता धेरै छन् । उनीहरु धर्ती पूत्र जनता माथीको दमन हटाउने पक्षमा महन्त ठाकुर पनि छैनन् । मधेसका डोम, चमार, मुसहर जस्ता तल्लो जातमाथि यहाँका यादव ठाकुर जस्ताले सताएका उदाहरणहरु धेरै छन् । बोल्दा ब्राम्हण, क्षेत्री र आर्यवर्गले तल्लो जातका मानिस माथि शोषण गर्याे भन्ने यीनै ठाकुर र महत्तोहरु हुन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल