Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महराले फिर्ता गरे गाडी

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् । महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो भने उनको सचिवालयले अर्को एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यसै गरि गृह मन्त्रालयबाट महराले अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए ।
महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।
संसद सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन महरालाई सुझाव दिएपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । तर महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल