Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशन धकेल्दै विवाद चम्काउदै

काठमाण्डौ । मन्त्री परिषद विस्तार गर्न नसक्ने देउवा सरकार सत्ता लम्पट पदभ्रष्ट नालायकहरुको घेरामा परेको छ । उता पार्टीको १४ औँ महाधिवेशनको समय थप्न मौकाको दाउ हेरिदैछ । प्रकृयागत रुपमा कृयाशील सदस्यता स्वीकृति र प्रवेश जस्ता कुरा ओझेलमा छन् । गुटको स्वार्थमा कृयाशील सदस्य छानविन समिति समेत विवादमा छ । कुनै बेला आफैले बनाएका मन्त्री राज्यमन्त्री नचिन्ने प्रधानमन्त्री शेर बहादुर देउवा अहिले खोजी पार्टी र सरकारमा विवादीत भएका छन् ।

पार्टीको १४ औ महाधिवेशनको समय फेरबदल हुदैछ । पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेर विवाद भएका १३ जिल्लामा वडा अधिवेशन समेत रोक्ने काम गुटले गरेको रामचन्द्र पौडेल बताउदैछन् । जहाँ सदस्य धेरै छन् वडाअधिवेशन रोकिनुले शंका बढाएको हो । १३ जिल्लाका अधिवेशनको समय पनि प्रभाव पार्दैछ । वडा पालिका र क्षेत्र हुदै केन्द्रको महाधिवेशन गर्ने काँग्रेसको कार्यतालिका पूरानो भइसक्यो । ६४ जिल्लामा ९ असोजमा पालिका अधिवेशन गर्ने विवाद भएको १३ जिल्लामा देशैको मुखमा अधिवेशन गर्ने तयारी भएको बताईन्छ । जहाँ वडाकै विवाद छ त्यहाँ मात्र सर्ने हो । पार्टीको वैद्यताका लागि भदौ १८ बाट काँग्रेस ६४ जिल्लामा सलह झै फैलियो । तर गुटको विवाद चर्कियो ।

सरकारले पूर्णता नपाउने पार्टी महाधिवेशन सार्दै जाने गर्दा फाईदा शेर बहादुर देउवालाई हुदैन । किनकी उनी ५ वर्षसम्म महाधिवेशन गर्न नसक्ने असक्षमका रुपमा मात्र होइन अपाङ्ग सरकारको नेतृत्व गर्न सफल प्रम पनि भएका छन् । पार्टी भित्रै देउवालाई साथ नहुनु भनेको पाएसम्म र भ्याएसम्म आफ्नै दलाल खोजेर मन्त्री बनाउनु पनि हो ।


सम्बन्धित समाचार