Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामन्त्रीका ५ उम्मेदवार भोलिका अध्क्ष्यका दाबेदार

उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ‘अहिलेको प्रतिस्पर्धालाई भोलिको नेतृत्वका आकांक्षीहरुको रुपमा हेर्न सकिन्छ ।’
काठमाडौं । विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल कुनै समय नेपाल विद्यार्थी संघको एउटै कार्यसमितिमा थिए । नेपाल विद्यार्थी संघको २०५७ सालमा भएको आठौं महाधिवेशनबाट विश्वप्रकाश शर्मा अध्यक्षमा निर्वाचित हुँदा गगन तत्कालिन मध्यमाञ्चल विकास क्षेत्रबाट उपसभापति चुनिएका थिए भने प्रदीप सहमहामन्त्री मनोनित भएका थिए ।
भोलिको नेतृत्वका रुपमा हेरिएका र एउटै वयका उनीहरु काठमाडौंमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी पर्दा प्रदीप शेरबहादुर देउवाको, गगन शेखर कोइरालाको र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका छन्


सम्बन्धित समाचार