Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामन्त्री शर्माले दिए दुर्घटनाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमालेबीच विगतमा भएका विमतिलाई छोप्न खोजे दुर्घटना हुने बताउनु भएको छ । सनिवार राजधानिमा नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महमन्त्री शर्माले विगतमा देखिएका कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताउनु भएको हो । अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरुलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ। एमालेसँगको विमतीलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौं। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगमतका विमतिका बिषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौं, शर्माले भन्नुभयो । शर्माले आफुहरुले सरकारको काम र गतिविधिलाई गम्भिरताका साथ हेर्ने पनि बताउनु भयो । मधेश प्रदेशमा बनेको जम्बोमन्त्रीमण्डल प्रति असन्तुष्टि व्यक्त गर्दै महामन्त्री शर्माले प्रदेशमा रमिता चलिरहेको र जनतामा निराशा बढिरहेको बेलामा मधेश प्रदेशमा भएको भद्रगोलको दोष मुख्यमन्त्रीलाई मात्रै दिएर नपुग्ने धारणा राख्नु भयो ।


सम्बन्धित समाचार