Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामारी उन्मुलन हुन ७ वर्ष लाग्ने

न्यूयोर्क । कोरोना महामारीको अन्त्य हुन ७ वर्ष लाग्ने देखिएको छ । कोरोनाविरुद्धको खोप अभियान यही रफ्तारमा हुँदा महामारी अन्त्य गर्न ७ वर्ष लाग्ने देखिएको हो । ब्लूमबर्गको तथ्यांकअनुसार हालसम्म विश्वभर ११ करोड ९० लाख डोज कोरोना खोप लगाइसकिएको छ । कतिपय मुलुकमा खोप अभियान सुस्ताउने तथा तीव्र हुने देखिएको छ । जसकारण सुस्ताएका मुलुकमा ७ वर्षभन्दा बढी समय लाग्ने तथ्यांकले देखाएको छ ।
अमेरिका र क्यानडामा भन्दा इजरायलमा चाँडै लक्षित मानिसलाई खोप लगाउन सकिने देखिएको छ । त्यस्तै धनी मुलुकले चाँडै लक्ष्य भेट्टाउने छन् भने कम आय भएका मुलुकमा लक्षित मानिसलाई खोप लगाउन ढिला हुनेछ । जसकारण समग्रमा महामारी उन्मूलन गर्न ७ वर्ष लाग्ने देखिएको हो । अमेरिकी विज्ञ एन्थोली फउसीका अनुसार सामान्य जीवन निर्माण गर्न ७० देखि ८० प्रतिशत मानिसलाई खोप लगाउनुपर्ने हुन्छ ।