Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामारी २ वर्षमा नियन्त्रण हुने डब्ल्युएचओको अपेक्षा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने डब्लुएचओले बताएको छ । अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए ।
विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८१३ जनाको मृत्यु भएको छ । ३३ लाख १३ हजार ५०२ जना संक्रमित भएकोमा १९ लाख ६५ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५६ हजार ४५६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६८ लाख ३९ हजार ८९२ पुगेको छ । त्यसमध्ये ३८ लाख २८ हजार २८७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख २७ हजार ४८३ जनाको मृत्यु भएको छ । ६१ लाख १९ हजार १७० जना संक्रमित भएकोमा ४८ लाख ५ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८५ हजार ७३२ जनाको मृत्यु भएको छ । ५६ लाख २५ हजार ७२६ जना संक्रमित भएकोमा ४१ लाख ८३ हजार ५०२ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २७ हजार ३७४ जनाको ज्यान गएको छ भने ११ लाख ७२ हजार ८०२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ९२ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९९ जनाको मृत्यु भएको छ । २६ हजार ७८२ जना संक्रमित भएकोमा २० हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।