Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई जगदम्बाश्री

काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए ।