Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलले जनाएको छ ।
बैंकको ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।