Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महासेठहरूलाई जनताको झापड

पुराना नेताको विदाई नयाँको स्वागत अभियान चलेको छ । ठूला महाजन पराजित हुनु नौलो भएन । ईश्वर पोखरेल चुनवा जितेर जनताको नजिक भन्दा ओम्नी र हुकामसँग जोडिए । त्यसको सजायँ पाए । धनार्जन शर्माको उखरमाउलो अर्थमै थियो । लुटको संसारमा यी रमाएकै थिए । यिनले चुनाव जितेकै छन् । केपी ओलीका रथका पाङ्ग्रा ईश्वर, शंकर, प्रदीप र महेशको हड्डी भाँचियो । विष्णु पौडेल र गोकुल बास्कोटा जस्ता विश्वासी आएकै छन् । तीनले काम गर्छन् तर आदेशमा चल्छन् ।
सधैं ठूलालाई नै ठाउँ चाहियो । बूढो शरीर भएर पनि कार्यकारी पदको रहर गरेका रामचन्द्र वा काँग्रेसकै युवालाई खेदेर रजाइँ गर्न चाहन्छन् भन्ने कुरा उनकै कारण शंकर भण्डारीले क्षेत्र फेर्न बाध्य भए । युवा नेता प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शंकर भण्डारी, उदयसमशेर राणा जस्ता युवा समूह त्यहाँ छन् । माओवादीका गिरिराजमणिको जमिन्दारीले पनि काम गरेन । प्यूठानमा मसालकी दुर्गा पौडेललाई बाग्लुङमा चित्रबहादुरको उखान टुक्का काम लागेन । स्थानीय तहको मतको कतै अर्थ छैन । देव गुरुङ, लमजुङबाट खेदिनु नौलो होइन । अत्यन्त जातीवादी चरित्रका गुरुङ हुन कि ऊर्जामन्त्री बनेर कार्यक्षमता देखाएकी पम्फा भुसालको तुजुक पनि देखियो । यिनलाई जनताले पत्याएनन् । मातृका यादव त झन् तगडा थिए । सञ्चारर्की रवि लामिछानेको राजनीतिमा प्रवेश भ्रष्टाचार, बेथितिका विरुद्ध सञ्चारकर्मीको प्रहारप्रति जनताले विश्वास गरेकै छन् ।
यस पटक जनताले नयाँ अनुहार खोज्यो । निरन्तरको प्रतिस्पर्धामा जो लडे तिनले यो अन्तिम पटक हो भनेका छन् । मधेशका डन उपेन्द्र यादवलाई राम्रै दनक दिएका जनतालाई धन्यवाद भन्नैपर्छ । राजेन्द्र महतो त थन्किए तर महन्त ठाकुरको सत्ता लम्पट चरित्रले गर्दा मधेशको एजेन्डा बोक्न सिके राउत आएका छन् । रैथाने दल काँग्रेस, एमाले र माओवादीको जमिन्दारी प्रथाको भण्डाफोर गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सफल छ । माओवादी सिद्धान्त, नीतिमा टिक्न नसक्दा लोप्पा खाँदै गएको छ । काँग्रेसले माओवादीका भोट लियो तर काँग्रेसले माओवादीलाई मत नदिएको कुरा छर्लङ्ग छ । यो स्वार्थको गठबन्धनको पवित्र र अपवित्र चिनारी भने अब भत्कने छ ।
काँग्रेसभन्दा अराजक त यस पटक नेकपा एमालेका धेरै भए । केपी ओली, ईश्वर पोखरेल, शंकर पोखरेल, सुभाष नेम्वाङ, विष्णु पौडेल, शेरधन राई जस्ता घातकहरू कार्यकर्तामा समेत पाच्य थिएनन् । तर चुनाव पोखरेलद्वय र राईले हारे । सरकारमा बसेर यिनले नै चलाएको शासनले कार्यकर्ता प्रताडित थिए । अरिंगाल, ढेंडु, साइबर सेनाका कमाण्डरहरू महेश बस्नेत थन्किए । विष्णु रिजालले जनतामा जाने आँट गरेनन् । तर मसालको दबदबा समेत पचाउन नसकेका प्यूठानबासीले ईश्वर पोखरेलका सारथी सूर्य थापालाई पठाएको अवस्थामा समृद्धि कति आउने हो ? जे होस् सरकार बनाउनेले गठबन्धन गर्नैपर्छ । काँग्रेसले विश्वासघात गर्छ किनकि काँग्रेसमा घात गर्न खप्पिस विदेशबाट सञ्चालित धमिराहरू छन् । काँग्रेसका सभापतिले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सरकारको नेतृत्व आफैं गर्ने भन्दै छन् । जहाँ बस्यो त्यहाँ निदाउनु पर्ने अवस्थाका शेरबहादुर नै छैठौं पटक प्रम बन्ने दाउमा छन् । तर युवा नेताहरूको प्रम बन्ने अभियान कता जान्छ कुर्नुपर्छ । किनकि अबको शासन युवाको हातमा दिनुपर्छ भन्नेहरू धेरै छन् ।


सम्बन्धित समाचार