Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महिना नबित्दै गणेशले देखाए काम

काठमाण्डौ । सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीका प्रदेश तहका डिआईजीहरु इमान्दार पूर्वक लागे भने देशको राजस्व पनि बढ्छ सीमामा भारतीय दादागिरीबाट प्रताडित जनताले पनि राहात पाउँछन् भन्ने कुरा शसस्त्र प्रहरीको प्रदेश २ को काम गराईले झल्काउँछ । त्यही ठाँउमा गफाडी कान्त डिआईजी सिपी गौतमले एक वर्ष बिताए । घुमुवा हटाएर राजस्व छल्न दिन्न भन्दै उनी डुक्रिएकै हुन् । तर उनको कार्यकालको अघिल्लो महिना अवधि र यो अवधिको राजस्व उठ्ने क्रम आकाश जमिन फरक भयो । शसस्त्रकै सकृयतामा त्यहाँ झण्डै ४ अर्ब राजस्व उठेको छ । खोक्न सजिलो छ । गौतम र वंशी दाहाल फौजको कमाण्डलाई पत्तै नदिइ आईजीपी शैलेन्द्रको ठाँउमा एआईजी पुष्पराम केसीलाई ल्याउन बालुवाटारदेखि बालकोटसम्म धाएकै हुन् । केपि ओलीको घर कुरुवा गोकूल बास्कोटा र महेश बस्नेतसँग भेट्न दाहाल र गौतमले निकै दौड धुप गरेका थिए ।

गौतमको समयमा आलु प्याज निकै समातियो कृषि उपजमा अन्य नगदेवाली मुसुरो, चना, केराउ, भट्मास, छोडा, काजू, सुपारी, मरिच, जीरामा जस्तो करको अंक बढ्दैन । जुन वस्तुमा राजस्व बढी हुन्छ त्यो छोडेर पैसा सोहर्ने आलू प्याज समाउनु घुमुवा रहित कमाण्डरले २५ विघा गाँजा खेती गरेको सुइँको पाएनन् । त्यही ठाँउमा डिआईजी गणेश ठाडा पुगेका छन् । महिना दिनको अन्तरमा राजस्व चुहावट हुने प्वाल उनले टाले राजस्वको अंक मात्र बढेन फिल्डमा खटेको फौजीले पनि गर्व गर्याे । योजना बनाउनु पर्छ तर प्रचार मुखी र गफाडी होइन । कार्यस्तरमा जाँदा फल प्राप्ती हुने योजना चाहिन्छ । शसस्त्रको सीमा सुरक्षा फौजले काम देखाउने र देखिने भनेकै प्रदेश १ प्रदेश २ र लुम्बीनी प्रदेश हुन् ।

कर्णाली गण्डकी र सुधुर पश्चिम प्रदेश सीमाका हिसाबले राजस्वमा बढी उठ्दैन । गण्डकी र कर्णाली त भारतसँग निकट पनि छैनन् । शसस्त्र उपस्थित जहाँ छ त्यहाँ भारतीय तस्करहरुको नजर पर्छ । बेला बखत शसस्त्रसँग भिडन्त पनि हुने गर्छ । प्रदेश दुईमा एसएसपीको कार्यकाल एक चरण बिताएका डिआईजी ठाडा मगरलाई महोत्तरीको बर्दिबासमा बसेर बारा, पर्सा, रौतहट, धनूषा जस्ता तस्करीमा चर्चित जिल्लाको कमाण्ड गर्नु छ । उनले पूरानो अनुभवलाई नयाँ प्रयोग गरे । गएको महिना दिनमै राम्रै चमत्कार गरे । सप्तरी र सिराहमा पनि तस्करका लागि अवसर दिलाउने नाका छन् ।

लुम्बिनी प्रदेशको हाकिम समेत तस्करी नियन्त्रणमा सहभागी हुनसके भने राम्रै हो । लुम्बीनी प्रदेशको नवल परासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा भारतीय सीमा जोडिएका नाका थुप्रै छन् । त्यो प्रदेशमा जमिन डूबानमा पर्ने सीमा मिच्ने, नेपालीले लगाएको खेती लुट्ने घटना धेरै हुन्छन् । सीमा सुरक्षाको जिम्मा शसस्त्रले त पायो । तर उसैको लागि आवश्यक भौतिक संरचना बनाउने तर्फ गृह मन्त्रालयले ध्यान दिएको देखिदैन ।


सम्बन्धित समाचार