महिला फुटबल टोलीलाई बालेन र सुनिताको शुभकामना
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।