Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजधानीका जनतालाई झुक्याएर सरकारले फेरि मेलम्चीका नाममा दुई अर्ब ६० करोड चुना लगाउँदैछ । पुरानो ठेकेदारलाई खेद्न सफल भएका प्रधानमन्त्रीका विज्ञ घनश्याम भट्टराई यतिबेला मेलम्चीको काम टुक्रा टुक्रा पारेर वितरण गर्नमा व्यस्त छन् । यही बेला काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा महाप्रबन्धकको जिम्मेवारीमा रहेका महेश भट्टराईको विदा स्वीकृत गराउन पैसाको बिटो बोकेर पिआईडीका कार्यकारी निर्देशक तिरेश खत्री ठूलो नेताहरुको घरदैलो चाहार्दैछन् । नेताले भनेपछि टीयु रजिष्टारको कार्यालयले बिदा स्वीकृत गर्ला भन्ने आशा उनीहरुको हुनसक्छ । जबकि यतिबेला त्रिभुवन विश्वविद्यालय आन्तरिक अराजकताले भद्रगोल भएको अवस्थामा छ । केयुकेएलको नामबाट केयुकेएलको प्रोजेक्टमा ३ वर्षभन्दा बढी बसेर लुट मच्चाएका तिरेसकुमार खत्रीलाई यतिखेर आफ्ना सहयोद्दा महाप्रबन्धक महेश भट्टराईलाई बचाउन भ्याइनभ्याई छ । त्यसो त इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक महेश भट्टराईको कलेजबाट बिदा प्राप्त नहुँदा यतिखेर दौडधूप चर्किएको हो । असारे बजेट सक्ने काममा केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय लागिरहेको छ । महाप्रबन्धक भट्टराईको विषयलाई लिएर केयुकेएलको बोर्ड बैठक आइतबार बसेको थियो । बैठकले महाप्रबन्धकलाई बिदा स्वीकृत गरी असार मसान्तसम्म पेश गर्न निर्देशन निदएको छ । यो निर्देशनले अरुलाई त्यस्तै हो पिआईडीका तिरेश खत्रीलाई भने छट्पटी भएको छ । अध्यक्ष सूर्यराज कँडेल रहेको केयुकेयलमा चर्किएको आन्तरिक भ्रष्टाचार नियन्त्रण हुन त परै जाओस्, पाइप मर्मतका नाममा खाने दाउ यतिखेर चम्किएको थाहा पाएर नै खानेपानी मन्त्रालयभित्र महाप्रबन्धक भट्टराईविरुद्ध अभियानै चलाउन थालिएको छ । लामो समयदेखि तिरेश खत्रीले भट्टराई जस्ता खञ्चुवाहरूलाई बोक्नुको कारण एडीबी र विदेशी संघसंस्थाहरूसँग उनको सम्बन्ध राम्रो हुनु हो । यतिखेर कर्मचारीहरूले समेत महेश भट्टराईलाई कुनै हालतमा महाप्रबन्धक पदमा थमौती नगर्न मन्त्री बिना मनगरलाई दबाव दिइरहेका छन् । मन्त्री मगरले महाप्रबन्धक भट्टराईको राजीनामा मागेको पनि धेरै भयो । अहिले खत्रि पैसाको थैलो बोकेर राजनीतिक दलका नेताहरूको दैलोमा पुग्ने गरेका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल