Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघरको नाम फेर्दै महानगर

माइतीघरको नाम फेर्दै काठमाडौं महानगर मौलिक नाम फिब्वः ख्यः प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम फिब्वः ख्यः प्रचलनमा ल्याउने बताएको हो ।

महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको बताएको छ । स्थान नाम परियोजनाअन्र्तगत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको छ, मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले भने ।

माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो ।

२०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि मण्डला बनाइयो । सँगै माइतीघर पछाडि मण्डला जोडियो । काठमाडौंका तत्कालीन मेयर केशव स्थापितले यो क्षेत्रमा रहेका साना टहरा हटाएर मण्डला बनाउन लगाएका थिए

उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई फिब्वःख्यः भन्ने गर्छन् । माइतीघरमा पहिले बालुवाका साना ढिस्का हुने गर्थे । बालुवाका ढिस्कालाई नेपाल भाषामा फिब्व भनिन्छ । नजिकै भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने फिब्वः अजिमाको मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने भन्ने गरिन्छ

महानगरले माइतीघरमा फिब्वः अजिमाको चित्र पनि बनाउने बताएको छ । माइतीघरको सडक पर्खालमा उक्त चित्र बनाउन लागिएको महानगरले बताएको छ ।