Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरू धर्नामा

काठमाडौं । विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव रमेश रुपाखेतीका अनुसार विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको जानकारी दिए ।
शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवारबढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखेका छन् ।
सम्बन्धित निकायले हामा्र मागलाई बेवास्ता गरे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शन गरिने रुपाखेतीले जानकारी दिए


सम्बन्धित समाचार