Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले सीसीएमसी खारेज गर्न प्रमलाई पत्र दिने

काठमाण्डौ । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् । सरकारले कोभिडकाबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय भएको छ ।

नेता पुनले ताजानेपाललाई बताए सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो । माओवादीले सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिने भएको छ । त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।

माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ । संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यक्ता छ नेता पुनले भने हामी त्यसका लागि सरकारलाई झक्झक्याउँछौ । कोभिड नियन्त्रण तथा रोकथाममा माओवादीले सिंगो पार्टी पंक्ति परिचालन गर्ने भएको छ ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिएका छन् । ति कमिटहरुले जनतामा सचेतना फैलाउने, विरामीहरुलाई सहजीकरण गर्नेछौ । पुनका अनुसार हाम्रा ५ हजार भन्दा बढि जननिर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेश सहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यहरुबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने निर्णय भएको छ । त्यो रकमले औषधि उपकरण खरिददेखि,संकलन वितरण गर्ने तयारी भएको छ । माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्ने जनाएको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल