Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जतिसुकै क्रान्तिकारी र देशभक्त भएपनि माओवादी पार्टी अब जनताको पृय भएन । माओवादी नेतृत्वले वर्गियता त्यागेर मोजमस्तीमा लागेको कारण शुरुमै मोहन वैधले युरोपेली युनियनको पछि लागेकाहरुको ख्यालै गरेनन् । कम्युनिष्ट पार्टीको एकिकृत रुप भत्काइयो । अधुरो जनयुद्ध सफल बनाउन बन्दुक उठाएका नेत्र विक्रम चन्द राज्यसँग पराजित भए । अन्तत एमालेको ओली गुटसँग मिलेर आफ्नो अराजक शैली विसाए । उनलाई बालुवाटारले माहोनी लगायो । जेलका नेताहरु छोडाउनुको सट्टा प्रधानमन्त्री ओलीले माधव र प्रचण्डका कारण काम रोकियो भन्न भ्याएकै छन् । हिजो त्यो गौरव र आत्मविश्वास अब रहेन । भाइ फुटे ग्वाबर लुटे भने जस्तै भयो माओवादी माथि ! प्रम ओली सुरु देखि नै माओवादीको विरोधी थिए । उनीसँग पार्टी एकता गर्दा विधि, पद्दति, प्रकृया, सिद्दान्त लत्याउदाको फल यति खेर सबैले सहनु परेको छ । धन्न कार्यकर्ताहरु जति इमान्दार छन् ती छदैछन् ।
गुटमा नेकपा चल्दा कार्यकर्तामा निराशा र निष्कृयता बढेको छ । पार्टीले केहि दिदैन पार्टीलाई दिने मात्र धेरै छन् । माओवादीका नेता र मन्त्रीले कार्यकर्तालाई पिए राख्दैन कार्यकर्ता हेर्ने र पार्टीको निर्देशन कुर्ने मात्र हुन् । मन्त्री भएकाहरु कोही पनि विवाद रहित भएनन् । कमिशन खाने घुस बोटल्न सबै सफल भए । दिनानाथ शर्माले २२ महिना मन्त्री बन्दा ठूलै महल बनाए । माओवादीको स्वच्छता त्यही देखियो । नेकपा माओवादी कस्तो छ, कार्यकर्ताले लेभी तिरेर मोटाएका नेता कति जनपृय छन् सबै देखियो ।
प्रचण्ड र नारायणकाजीको गुट नै पार्टी सरकारमा जाँदा आफ्ना हनुमान मन्त्री बनाउन सफल भएका सर्वमान्य हुन् । चुनाव लड्ने पराजीत हुने तर संसद पदमा जानै पर्ने बाध्यता न त नारायण काजीलाई थियो न त एमालेका बामदेवलाई थियो । ५ वर्ष पार्टीका लागि खट्न नसक्ने यी दुवै पूर्व गृहमन्त्री थिए । राज्यको गाडी सुरक्षा सुविधा यीनले पाएकै थिए । तर पनि राष्ट्रिय सभामा यीनलाई जानै पर्याे । कम्युनिष्ट नेताहरुको पदमोह र सत्तामोहको यो प्रेरणादायी उदाहरण हो ।
मौका पर्दा कार्यकर्ता भन्दा भाई भारदारलाई राज्यको तलब सुविधा दिलाएका सांसद जो छन् तीनको लागि कार्यकर्ता आवश्यक भएन । पार्टीको लेभी उठायो मोजमस्ती मै बितायो । त्यस्तो माओवादी जनताले चाहेकै होइन । जनयुद्धले स्थापित गरेको त्याग कसैले बचाएन । प्रचण्ड बैध, बादलले फुर्ति लगाउने ठाँउ पनि छैन । जनयुद्धका घाईते अपाङ्ग वेपत्ता परिवारको ख्याल राज्य संचालक नहँुदा नगर्ने अहिले गोहीको आशु बगाउन किन गर्नु पर्याे यीनले ?
माओवादी जनयुद्धभर चन्दा उठाउने ससुरोले पार्टीको नाँउमा उठाएको चन्दाबाट क वर्गको ठेकदार बनेको शारदा अधिकारीको शैलुङ्ग कुन्ट्राक्सनको रखबार गराउन प्रचण्ड खटेका छन् । राष्ट्रको भौतिक पूर्वधारको क्षेत्रमा शैलुङ्गले गरेको ठगीसँग माओवादी जोडिन्छ किन ? यहाँ लुकाउने ठाँउ केहि छैन । यस्तो गाईजात्रे पार्टी माओवदीका जुनसुकै समूह र चोइटा हुन सबैको हालत उस्तै छ । कम्युनिष्टको नाउमा प्रम केपि ओलीले चलाएको लुट आतंकको भण्डाफोर प्रेसले जति गर्छ अरुले गर्दैन । न संसदले भ्रष्टचारको छानवीन गर्छ न त राजनीतिक दलहरुले गर्छन् । कम्युनिष्टहरुको राष्ट्रवाद पनि नांगै भयो । उनीहरुले गर्ने जनताको सेवा पनि देखियो । माओवादी त लुटाहा र घुस्याहाहरुको पार्टी भनेर चिनियो अब त्यो उक्सदैन । किनकी प्रधानमन्त्री केपि ओलीले खोजी खोजी माओवादी सिद्याउने छिद्रहरु खोतलिरहेका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल