Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालन

काठमाडौं– माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले चार लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्पmत प्राप्त गर्नेछन् । पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गा।पा।मा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ ।
सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् । बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल