Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट गोकर्णेश्वर, बुढानिलकण्ठ बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशत सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकको देशभर १६० वटा शाखाहरु, १४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक हरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
साथै बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।