Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंक मास्टर कार्ड सञ्जालमा

काठमाडौं। ग्राहकको सुविधाका लागि शाखा सञ्जाल विस्तारसँगै प्रविधिसँगै अपडेट हुँदै आएको माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। नेपाल भ्रमणमा आउने बिदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधाका लागि बैंक मास्टर कार्डसँग आबद्ध भएको बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्ने जनाइएको छ । बैंकले छिट्टै नै आफ्ना ग्राहकहरुकालागि मास्टर कार्ड जारी गर्ने जनाएको छ। बैंकले हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट बैंकिङ सुविधा दिइरहेको छ ।


सम्बन्धित समाचार