Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंक र प्याब्सनबीच संझौता

 

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ।
बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरुप्रसाद पौडेलले मा दुई संस्थाको सहकार्यमा सञ्चालन हुने साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा सहयोग गर्ने जानकारी दिए ।
ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटीका कारण पनि ठुला ठुला वित्तीय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनीहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने जनाए ।
बैंकका अध्यक्ष एंव गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने जनाए । उनले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने जनाए ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्यावसनसँग सहकार्य गरेको जानकारी दिए।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापालगायत उपस्थित थिए। सम्झौतापछि प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्ने जनाईएको छ ।


सम्बन्धित समाचार