Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैङ्क र सरफ एक्सचेञ्ज बीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैङ्कले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेञ्जसँग व्यवसायीक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सरफ एक्सचेञ्जका महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
उक्त सम्झौतापश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेञ्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैङ्कका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ ।