Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मातेका फुलीवाला सबै उस्तै

काठमाडौं । दशा बाजा बजाएर आउँदैन । प्रहरी पोशाकको दुरूपयोग गरी पाकिस्तानी एजेन्ट जमिम शाहको हतया गर्दा नेपाल प्रहरीको डिएसपीले भारतीय सार्प सुटरलाई बचाएर जागिर छाडे । प्रहरीको इतिहास हो यो । सय गिरिजा, एक मिर्जाको कहानी ठूलो छ । नेपाल प्रहरकिा जल्दाबल्दा व्यवसायी भनिएका अधिकृत सर्वेन्द्र खनाल, रमेश खरेल, पुस्कर थापाहरूको जगजगी काठमाडौंमा चल्दा गृहमन्त्री त्यस्तै थिए । खुमबहादुर खड्का, वामदेव गौतम सुन तस्कर दिपक मलहोत्रा, छवि भूषाल, प्रकाश टिबडेवाला, मुकेश अग्रवाला जस्ताका रक्षक हुँदा नेपाल प्रहरीका जल्दा बल्दाहरूले साथ दिए । तर जमाना सधैं त्यस्तो छैन । सुनको सट्टा शेयर बजार कब्जा गर्ने जमाना आयो । नेपाल प्रहरीका खेदिएका आईजीपी दानबहादुर कार्की उनकै दोस्ती प्रशासनका एआईजी राजन अधिकारी सशस्त्र आईजीपी नारायणदत्त पौडेल, एआईजी अस्वीन पोखरेल जस्ताको संगत उनै माफिया ३१ वर्षे ठिटो इनम सापकोटासँग भएको रहस्य क्रमशः खुल्दैछ । प्रहरीको साइबर ब्यूरोले सत्ताको निर्देशन कुर्छ प्रम बालेन्द्र शाह र उनको टिमलाई रिश उठेपछि पत्रकार, सम्पादक केही हेर्दैन । फूलीवालाहरूको चरित्र वर्गीय हुँदैन । यिनले आफ्ना कुकर्म सार्वजनिक भएपछि प्रम बालेन्द्र र रवि लामिछानेको आदेश कुर्दैनन् । लोकतन्त्रलाई निरंकुशतामा लाद्न अहंकारी चरित्रका प्रमलाई उकास्ने फौजी यस्तै हुनु जो जीवन भर त्यही पदमा रहन्छन् । सार्वजनिक जीवन यिनको छैन र हुँदैन । निरंकुश तन्त्रका नयाक प्रमका सल्लाहकारहरूको चरित्रले यो देशको कानुन, विधि प्रक्रिया हेर्दैन । ठोकवादी सिद्धान्तका माहिर यस्ता चरित्रबाट चलेको फौजको विरुद्ध जनताको विद्रोह जरुरी बन्दैछ । किनकि अहम र दम्ब हिजो दानबहादुर कार्कीको चर्को थियो । उनी काठमाडौंको एसएसपी हुँदा प्रचण्ड शासक थिए । पछिल्लो पटक प्रम बालेन्द्रको निरंकुश शैलीको ढाकछोप गर्न नसक्दा कर्की पदबाट घोक्य्राइएका हुन् । आमा.. खरानीबाट उठेर आएँ भन्ने गीत त निहुँ मात्रै हो । प्रमको टिमको पौरख सञ्चार गृहका गेटमा गाडी राख्ने र ती गाडी सही सलाममत प्रहरीले धनीलाई खोजी खोजी बुझाउँदा प्रहरी र सशस्त्रको आईजीपी को थियो ? जनताले बुझ्छ । देशको न्यायिक प्रशासनिक, संवैधानिक अंगहरूसँग समन्वय गरेर आफ्नो धन्दा चलाउने इनमसँग फौजको फुलीवालाहरूको गठबन्धनले धेरेको हैसियत उदांगो पार्दैछ । सशस्त्रका डिआईजी दिग्बिजय सुवेदी जोडिएको समाज कल्याणको विद्यालय शुल्क लुटको कथा त साधारण हो । नेपाल प्रहरीको आन्तरिक खरिदको कथासँग प्रशासनका ठूला र जान्ने एआईजी जोडिएका प्रसंग झन् बालेन्द्र सरकारलाई गिज्याउने खालका हुन सक्छन् ।