Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका छन् । सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने खुलेको छैन । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा माधव नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल