Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दैै घिमिरेले आफ्नै इच्छाले मानिसहरु भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषि किटान गर्न नमिल्ने उनले बताए । भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे । घिमिरेले संदनमा देखिएको समस्या केहि दिनमा नै समाधान हुने उल्लेख गरे ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल