Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मानवियता हराएको भारतीय सीमा

नेपाल र भारत विच दुई देशका प्रधानमन्त्रीहरुले कोरोना कहरबाट बच्न नागरिकहरुलाई जो जहाँ छन् सोही स्थानमा खाने बस्ने र स्वास्थ परिक्षण गर्ने सहमती गरे । नेपाल पक्षले भारतीय नागरिकहरु र आफ्ना नागरिकहरु विच भेदभाव गरेन ।तर भारतले भने आफ्नो दुस्ट चरित्र र मानवहिनता प्रदर्शन गर्यो । भारतका विभिन्न नाकाहरुमा रहेका नेपालीहरु भोक भोकै नेपाल प्रवेश गर्न बाध्य भए । पैदल यात्रीहरुलाई बाटोमा पिउने पानी को प्रवन्ध समेत भारतीय पक्षबाट भएन । प्रशासनिक तहमा भारतीय प्रधानमन्त्रीद्धारा आवश्यक निर्देशन नहुदाँ र नेपालीहरु प्रति बारम्बार शोषण हुनका कारण पनि यस पटक नेपाली नागरिकहरु भारतको अपमान सहेर देशमा फर्किए । काम गर्नेको ठाउँबाट तलब नपाउनु सिमा नाकामा नेपालीहरु लुटिनु मानवीयता हराएको अवस्था सिर्जना गरीयो ।
प्रजातन्त्र जति सुकै पुरानो भएपनि शासकहरुमा मानवीयता हराएपछि देखिने व्यवहार यही हो । कोरोना सुरु भएपछि भारतीय प्रधान मन्त्रीकै पहलमा सार्क राष्ट्रहरुका प्रमुखहरुको भिडीयो कन्फ्रेन्सबाट दर्साइएको चिन्ता भारतीय पक्षबाट तोडीयो। सार्क कोषको परिचालन कसरी गरीयो थाहाँ छैन । भारतीय पक्षको यस्तै व्यवहारका कारण छिमेकी पाकिस्तानले पैसा राखेन । आखिर कोरोनाबाट भारत जती पिडीत छ त्यो मामीलामा पाकिस्तान कम पिडीत छ । बंगलादेश ,भुटान जस्ता देशहरुलाई नेपाललाई जस्तै हेप्दै आएको भारतले पाकिस्थान सित मुकाविला गर्दा चुकाउनु परेको आफ्नो हैसीएत स्मरण गर्न सकीरहेको छैन ।आफ्ना छिमेकीहरुसंग लडाई गरेर कुनै पनि देश पौरखी हुन सक्दैन । साँध सिमाना मिच्ने जोदाहाँहरुलाई गाउँ घरमा एक्लो पारिन्छ । कतै छिमेकी देशहरु प्रति सिमाना मिच्दा भारतीय पक्ष एक्लिदै जाने स्थिती नआवस । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिमले बेलैमा सोचेन भने नेपाली जनताले जारी राखेको रोटी र बेटी को सम्बन्त्र टुट्ने सम्भावनालाई नकार्न सकिदैन ।
सस्ंकृति, सभ्यता, चालचलन, रितीरिवाज मिल्दैमा नेपाल जस्तो सार्वभौमअस्तित्व मा रहेको मुलुक माथि भारतले सिमा अतिक्रमण गरेर थिचोमिचो गर्दा प्राप्त हुने परिणतीले घाटा उसैलाई हुन्छ । भारतले जारी गरेका जाली नक्सा र नक्कली प्रमाणहरु अन्तराष्ट्रिय अदालतमा पुग्यो ्भने बदनाम कसको हुन्छ ?