Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मान्छे बचाउँदा डिजेलको ट्याङ्कर थानकोटमा पल्टियो

काठमाडौँ । नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बोकेको गाडी पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए । ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘अचानक ड्याम्म आवाज आयो के भएको रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्याङ्कर उतानो परेछ,’ एक स्थानीयले भने । उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भएपनि ठूलो दुर्घटना टरेको स्थानीयको भनाइ छ ।