Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मार्सी भातले श्रीकृष्ण ठहरै !

काठमाडौं । नेपाली विद्यार्थी ठगेर कमाएको पैसामा खञ्चुवा नेता र लुटाहाहरूलाई साथ लिएर कानुनको उल्लंघन गर्ने बिएण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईले कसको योजनामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध रु २० करोड घुस मागेको आरोप लगाए ? प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चालम खुवाएर मेडिकलशिक्षा दिलाउन पूर्वाधार तयार नगरी सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएका प्रसाई अहिले भागेका छन् ।
मेडिकल माफयाले आर्थिक अवस्था हेरेर आरोप लगाउँछन् । प्रसाईले शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत नाम मुछेका छन् । आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न डा. गिरि स्थानीय प्रशासन भक्तपुर र जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा लिएर गएपछि ठग प्रसाई भागेका हुन् । आङ्खनो अकूत सम्पत्तिमाथि सम्पत्ति शुद्धिकरणले छानविन गर्न थालेपछि मेडिकल आयोगमाथि नै धावा बोलेका प्रसाई गण्डकी मेडिकल कलेजका खुमा अर्यालको सम्पत्ति रोक्का गरेपछि छटपटिँदै यो खेल खेलेका हुन् । आफैंमाथि अख्तियार र सम्पत्ति शुद्धिकरण विभागको छानविन टार्न ठग प्रसाईले प्रधानमन्त्री केपी ओली र अख्तियार प्रमुख नविन घिमिरेको नाउँ भजाएका छन् । प्रधानमन्त्री ओली आङ्खनो स्वार्थका लागि नियम कानुन, ऐनको हेक्का नराखी निर्णय गर्छन्, बोल्छन् तर उनले बोलेका कुरा कार्यान्वयन नभएका कति छन् ? अख्तियारसम्म डा. गिरीविरुद्ध उजुरी गर्ने दुर्गा प्रसाईको कमजोरी थिएन भने प्रहरीको वारेन्ट जारी हुँदा भाग्नु पर्दैनथ्यो । मेडिकल माफियाहरू मेडिकल शिक्षा आयोग बलियो भएपछि आक्रामक बन्दैछन् । सरकारको आदेश अस्वीकार गर्ने माफियाहरूले सरकारले तोकेको शुल्कबाट पढाउन नसक्ने धम्की दिँदा सरकार दर्शक बनेको छ ।


कतै यो खेलसँग कृष्णबहादुर महरालाई डिजाइनमै फसाए जस्तै योजनागत ढंगले रियल्सल त जोडिएको छैन ? किनकि प्रधानमन्त्री केपी ओलीले महराले सांसद पद त्याग गरेको खण्डमा उनीमाथि लागेको आरोप क्लिन चिट दिलाउने सन्देश आङ्खनै अरिंगालहरूमार्फत् फैलाएका थिए । महराको राजनीतिक हत्या गर्न केपी ओली गुट लाग्नु अमेरिकी मिलिनियम च्यालेन्ज कोअप्रेशन सम्बन्धी विधेयकलाई पार्टीमा छलफल नगरी एकै पटक संसदमा पेश गर्दाको अवस्था जस्तै नारायणकाजी र गिरिराजको राजनीति ध्वस्त गर्ने गरी चलाइएको अभियान त होइन शंका छ । किनकि नेकपाको ओली गुट विदेशी जासुस र स्वदेशी गुप्तचरको केन्द्र हो । काजी र पोखरेललाई बदनाम गराउन मेडिकल माफिया सफल भए भने ओली गुटको मनपरीले नेकपाको माओवादी कित्ता समाप्त हुन्छ भन्ने अनुमान हुनसक्छ । माफियाहरूले डा. गिरिको सोझापनको फाइदा उठाउन बेइजत्ती चरित्र प्रदर्शन गर्दैछन् । एमाले कित्ताका भीम रावल मिलिनियम च्यालेन्ज कोअप्रेसशन यही अवस्थामा स्वीकार गर्नु हुँदैन भन्ने अडान लिएका नेता हुन् । सरकारले जतिसुकै फुर्ति लगाए पनि जनताको काम गरेको छैन । विकास बजेट १३.५ प्रतिशत खर्च गर्ने सरकारले घोषणा गरेका नयाँ योजना कार्यान्वयनहरूमा पैसा दिएको छैन । अर्थमन्त्रालय विकासको बाधक बन्दैछ ।