Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुलुकको राजनीति नै आरजक भएपछि अनुसासन मान्ने कसले ? सत्ता सञ्चालकहरु नै अराजक छन् जनताको नाममा राष्ट्रको ढुकुटी लुट्न सकृय छन् । तीन तहको सरकार राष्ट्रिय महामारीको यो समयमा जनताको भावना अनुसार चलेको देखिदैन । जस्तो सरकार त्यस्तै राजनीति जस्तो जनप्रतिनिधि उस्तै गुण्डा गर्दी नेपालको यो चमत्कार घट्ने कहिले ? यहि मेसोमा सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ रु’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका थिए । शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् । उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् । कोरोना रोकथामका लागि खटिएका प्रहरीलाई अभद्र ब्यबहार गर्ने बिरुद्ध संक्रामक रोग ऐन–०२० र अभद्र व्यवहार मुद्दा चलाइने सुनसरीका एसपी कमल थापाले ताजानेपाललाई बताए ।
स्मरणीय छ देशैभर जनतालाई कोरोनाबाट सर्तक गराउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीको सकृयतालाई नमन गर्नै पर्छ । यो काम राजनीतिक दलका कार्यकर्ताहरुले गर्नु पर्दथ्यो । तर उनीहरु कमाउने र लुट्ने अभियानमा भएकाले सुरक्षा अंग यस्तै आरजकहरुको आखाको तारो बनेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल