Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मास्क नलगाएमा सय रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ । प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो । पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार दिएको छ ।