Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुख्यमन्त्री थापाले तीन मन्त्रीसहित शपथ लिँदै

मोरङ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने भएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान १० बजे मुख्यमन्त्रीमा शपथ लिन प्रदेश प्रमुखबाट समय प्राप्त भएकोले त्यही अनुसार तयारी गरेको बताए । उनले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १–१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा नेता थापाले शपथ लिने तयारी गरेको बताए ।

थापाले गठबन्धनान रहेका प्रत्येक दलबाट एकरएक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरि शपथ ग्रहण गर्ने तयारी गरेको बताए । तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा, कांग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा ९एकीकृत समाजवादी० कमलप्रसाद जबेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन् । तर दलहरूको बैठकले मन्त्रीमा को को जाने विषय दलको बैठले टुंग्याउने जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुख खापुङ्ले मंगलबार नियुक्त गरेका छन् ।


सम्बन्धित समाचार