Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुलुकभर फैलियो डेंगीको महामारी

काठमाडौं । लगातारको वर्षाले पानी जम्न थालेसँगै देशभर डेंगीको संक्रमण पनि बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातायता डेंगी संक्रममितको संख्या तिव्र रुपमा बढ्दै गएको छ। अहिलेसम्म तीन हजार ८४ जनमा डेंगीको संक्रमण देखिएको छ। पछिल्लो चार दिनमा मात्रै ७२२ जना डेंगी संक्रमित थपिएको महाशाखाले जनाएको छ। साउन २१ गतेसम्म दुई हजार ३६५ जनामा डेंगी पुष्टि भएको थियो। यो संख्या बढेर साउन २५ गते साँझसम्म तीन हजार ८४ पुगेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए। महाशाखाका अनुसार, देशका ७३ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा सङ्क्रमण फैलिएको डा। दाहालले बताए। सबैभन्दा बढी डेंगी तनहुँमा देखिएको छ। तनहुँमा शनिबारसम्म ५८३ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएको देखिएको छ। काठमाडौं उपत्यकामा ३०७ जनामा डेंगीको संक्रमण देखिएको छ। त्यस्तै, कास्कीमा १६६ र झापा १३५ जना डेंगी संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। ‘सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। यससँगै पाँच जिल्लामा हैजा पनि देखिएको छ। अहिलेसम्म हैजाका बिरामीको संख्इा ४७ पुगेको महाशाखाले जनाएको छ। ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएको डा. दाहालले बताए। उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्यूठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ।


सम्बन्धित समाचार