Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरले प्रयोग गर्ने शौचालयमा एसी छ , शहरमा फोहोर थुिप्रएको छ , यही हो त बिकास

चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए ।

लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटोका भाडा बनाउन प्रोत्साहित गर्ने सहितका धेरै निर्णय त्यो बैठकमा भएको थियो । तर साढे चार वर्षमा पनि त्यो निर्णय अझै कार्यान्वयन भएको छैन ।

‘सधैं फोहोर देखिने यो शहर सफा होस्, मठमन्दिर र पोखरीको संरक्षणका साथै अन्य विकास होस् भन्ने चाहेका थियौं’ जनकपुरधामका संस्कृतिकर्मी मुरलीमनोहर मिश्र भन्छन्, ‘यो शहरको छुट्टै पहिचान भएकाले त्यस अनुरूपको काम हुनुपर्थ्यो तर भएन ।’

फोहोरमैला व्यवस्थापन गर्न माग राख्दै वडा अध्यक्षहरूले मेयरको घरमा लगेर फोहोर थुपारे, कार्यकक्षमा ताला लगाए । तर यसले मेयर साहलाई कुनै असर गरेन ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्र फोहोरमैला व्यवस्थापनका बारेमा मेयरले एक पटक पनि बैठक नबोलाएको बताउँछिन् ।

वडा अध्यक्षहरूले मेयरको घर अगाडि लगेको फोहोर
वडा नं। ७ का अध्यक्ष जानकीराम साह नगरपालिकामा नै रहेका सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी मेयरले उपलब्ध नगराउँदा नगर सफा हुन नसकेको बताउँछन् । भन्छन्, ‘कार्यपालिकाको पहिलो बैठकले नै शहरलाई पूर्ण रूपमा सरसफाइ गर्ने निर्णय गरेका थियौं । तर मेयरले यसतर्फ पटक्कै ध्यान दिएनन्

जनकपुरधाममा २०७४ को असोजमा जस्तो फोहोरमैला र दुर्गन्ध थियो, अहिले त्योभन्दा बढी छ ।

नेपाल वार एशोसिएसन जनकपुरधामका अध्यक्ष किशोरी साह जनप्रतिनिधिले सरसफाइ, खुला चौपाया नियन्त्रणलाई प्राथमिकता दिएर काम गर्न नसकेको बताउँछन् । ‘फोहोर र खुला चौपायाका कारण नगर अस्तव्यस्त छ’ उनी भन्छन्, ‘कतिपय मान्छे घाइते भएका छन् । मलाई नै साँढेले हानेर घाइते बनायो ।’

चुनाव जितेलगत्तै जानकी मन्दिर आसपास सडकका पर्खालमा सरसफाइ सम्बन्धी चेतना जगाउने सन्देश लेख्ने बाहेक अरू कुनै काम भएको छैन । जनकपुरधामका रूपेश यादव भन्छन्, ‘काम गरेको भए त, नतिजा देखिन्थ्यो नि रु’

शहरको फोहोर व्यवस्थापनका लागि वडा नं। १८ मा ल्याण्डफिल साइट बनाउने निर्णय कार्यपालिका बैठकले नै गरेको थियो । त्यसका लागि एशियाली विकास बैंक एडीबीको परियोजनामार्फत ४८ करोड रुपैयाँ बजेट पनि उपलब्ध भयो ।

तर बजेटको सदुपयोग गर्न सकिएन र बजेट फ्रिज भयो । ‘मेयरले नै चासो नलिंदा बजेट फ्रिज भयो’ ७ नं। वडाका वडाध्यक्ष साह भन्छन्, ‘मेयरको टेबुलमा फाइल थन्किरह्यो । हामीले पटक–पटक भनिरह्यौं । तर उहाँले चासो नै देखाउनुभएन ।’


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल