Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ। युनियन मेवा हाइड्रो लिमिटेडले पूर्वको मेवा खोलामा यो आयोजना निर्माण गर्दैछ ।
आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र हिमालयन बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ। मंगलबार प्रवर्द्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच सम्झौता भएको छ। लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल र अगुवा लक्ष्मी बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमित भट्टराईले हस्ताक्षर गरेका छन्।
यसअघि, नबिल बैंकका पुष्कर भट्टराई र हिमालयन बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष मल्लले समय र बजेटभित्र आयोजनाको काम पूरा गरेर विद्युत उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिकूल परिस्थितिमा पनि जलविद्युतमा लगानी गर्न बैंकहरू पछि नपरेको उनको भनाइ थियो। करिब ४ अर्ब ७० करोड रुपैयाँ लागन अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुनेछ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वँपुजी लगानी रहने आयोजनामा अगुवा लक्ष्मी बैंकले १ अर्ब ५२ करोड रुपैयाँ, नबिल र हिमालयन बैंकले १,१ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
विद्युत खरिद सम्झौता ९पीपीए० अनुसार आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा ९१३ करोड ६७ लाख ९० हजार युनिट विद्युत उत्पादन भई पहिलो वर्ष करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ। आयोजनाबाट उत्पादित बिजुली विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२,२२० केभी सबस्टेसनमा जोडिनेछ।
कोसी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका(५ स्थित खेस्तेम्बे बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा खसालिनेछ। अहिलेसम्म आयोजना निर्माणस्थलसम्म निर्माण गर्नुपर्ने १३ किलोमिटर पहुँचमार्ग मध्ये ११.५ किलोमिटर सम्पन्न भइसकेको हेडवर्क्स र विद्युतगृहमा आवास निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणसँग भएको पीपीए अनुसार २०८२ पुस १४ गतेका विद्युत उत्पादन गर्नुपर्ने समय तोकिएको छ। कम्पनीका अनुसार ८९३ मिटर ग्रस हेट रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३.१५ क्यूसेक रहेको छ । कम्पनीको सञ्चालकहरूमा अध्यक्ष मल्ल सहित वृन्दावनमान प्रधानाङ, विकेश प्रधानाङ र अविज्ञा मल्ल रहेका छन्।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल