Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जारी फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी ‘गोल्डेन बुट’को दौडमा शीर्ष स्थानमा पुगेका छन्। इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै उनले फ्रान्सका कप्तान किलियन एम्बाप्पेलाई पछि पारेका हुन्।
मेसीकै उत्कृष्ट प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। साविक विजेता अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
जारी प्रतियोगितामा मेसीले हालसम्म ८ गोल र ४ असिस्ट गरेका छन्। समान ८ गोल गरेका एम्बाप्पेको असिस्ट संख्या भने ३ मात्रै रहेकाले मेसी व्यक्तिगत प्रदर्शनका आधारमा गोल्डेन बुटको अग्रस्थानमा पुगेका हुन्।
विश्वकप इतिहासमा सर्वाधिक ३३ खेल खेलिसकेका मेसीले हालसम्म २१ गोल र ११ असिस्टको कीर्तिमानी प्रदर्शन गरेका छन्। २६ वर्षीय एम्बाप्पेले भने विश्वकपमा २० गोल गरिसकेका छन्।
अब फ्रान्सले तेस्रो स्थानका लागि शनिबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने अर्जेन्टिना र स्पेनबीचको फाइनल सोमबार हुनेछ।
यस्तै, नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले जारी विश्वकपमा ७ गोल गरेका छन्। तर, नर्वे प्रतियोगिताबाट बाहिरिसकेकाले उनी गोल्डेन बुटको प्रतिस्पर्धाबाट पछि परेका छन्।
२०८३ असार ३२
ताजा नेपाल
२०८३ असार ३२
ताजा नेपाल
२०८३ असार ३२
ताजा नेपाल