Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्। गोली लागेर देवानगन्ज गाउँपालिका ७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई देवानगन्ज ७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल देवानगन्ज बजार पुग्नसाथ साँझ गोली प्रहार भएको प्रहरीको भनाइ छ।
शिवकुमारको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि विराटनगर ल्याइएको डीएसपी खतिवडाले जानकारी दिए।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल