Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विसं २०५३ सालमा बुवा यामनाथ र आमा नैनाकला काफ्लेकी दोस्रो सन्तानको रूपमा फिदिम १, पाँचथरमा जन्मिएकी प्रतिक्षा काफ्लेको नशा नशामा अभिनयको प्रतिभा सानैबाट थियो । उनीभित्र रहेको सोही प्रतिभाको आयतन बढ्दै जाँदा हाल उनी नेपाली गीतसंगीत र मोडलिङको क्षेत्रमा पृथक पहिचान स्थापित गर्न सफल भैसकेकी छन् । तिम्रो आकर्षणले, मनका कुरा, बुङ्गो, आँखामा निन्द छ, मुर्रा भैंसी, दशैं आयो, न घोच यो छाती लगायत दर्जनौ सफल गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी प्रतिक्षा काफ्ले अभिनित पछिल्लो ‘माया गरौं’ बोलको गीतको भिडियो गत सातामात्र सार्वजनिक भएको छ । नेपाली म्युजिक एन्ड फेसन अवार्ड, सगरमाथा म्युजिक अवार्ड, राष्ट्रिय बिलक्षण प्रतिभा सम्मान, नेशनल पर्शनालिटी एन्ड ट्यालेन्ट अनरबाट पनि सम्मानित भैसकेकी काफ्ले काव्य अवार्डमा जुरी मेम्बरका रूपमा समेत कुशल कार्य सम्पादन गरिसकेकी छन् । पछिल्लो समयकी चर्चित र व्यस्त मोडल एवं कुशल कलाकार प्रतिक्षा काफ्लेले ताजाखबर साप्ताहिकसंग गरेको कुराकानीः
० मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बाल्यकाल देखि नै यो क्षेत्रप्रति रुचि छँदै थियो । त्यसै क्रममा शोसल मिडियाको सहायताले मलाई यो क्षेत्रमा प्रवेश गर्ने अवस जुराइदियो ।
० तपाई अभिनित पछिल्लो भिडियो ‘माया गरौं’ले राम्रैले भ्युज पाइरहेको छ यसमा के भन्नु हुन्छ ?
‘माया गरौं’ भिडियोले राम्रै भ्युज पाइरहेकोमा म अत्यन्तै खुसी छु । दर्शकहरूलाई मन परिरहेको देख्दा निकै उत्साहित भएकी छु । सबै दर्शकहरूलाई धन्यवाद, तपाईंहरूको माया र समर्थन बिना यो सम्भव हुने थिएन । अगाडि पनि यस्तै माया र समर्थनको अपेक्षा गर्छु ।
० यो भन्दा पहिले गर्नु भएको कामको चर्चा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
यो भन्द पहिले गरेको कामहरूको कुरा गर्दा सबै काम मेरा लागि विशेष नै थिए । हर कामबाट केही नयाँ कुरा सिक्ने मौका प्राप्त भएको थियो । मेरा प्रायः काम दर्शकहरूले मनपराई दिनु भएको छ ।
० यतिबेला मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?
आहिलेको अवस्थामा विभिन्न डिजिटल प्लेटफोमले गर्दा मोडलिङ क्षेत्रमा प्रतिस्पर्धा बढेको छ ।
० यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
यो क्षेत्रमा प्रवेश गरेको र लगातार काम गरेको धेरै भएको छैन त्यस्तै ६ बर्ष जति भयो ।
० तपाईँलाई काम गर्न मनपर्ने भाका ?
मलाई सबै किसिमका भाकाका संगीत मन पर्छ । तर, अहिलेसम्म आधुनिक गीत, संगीतमा मात्र काम गर्ने मौका प्राप्त भइरहेको छ ।
० के मोडलिङमा भविष्य देख्नु हुन्छ ?
मोडलिङ क्षेत्रको भविष्य धेरै सकारात्मक देखिन्छ । डिजिटल टेक्नोलोजीको प्रगति, सामाजिक सञ्जालहरूको प्रयोग र अनलाईन प्लेटफर्महरूको वृद्धिले कलाकारहरूलाई आफ्नो कामलाई विश्वभरि पुराउन सजिलो बनाएको छ । यसले गर्दा कलाकारहरूलाई अझ धेरै दर्शकहरूमा पुग्न, आफ्नो कामको मूल्य बढाउन र विभिन्न प्रकारका अवसरहरू प्राप्त गर्न सहयोग मिलेको छ ।
० फिचर्स फिल्ममा काम गर्ने रुचि छैन ?
फिचर्स फिल्ममा काम गर्ने रुचि नभएको हैन । भनेको जस्तो व्यानर र सुहाउदो स्कृप्ट नजुरेर हो । भबिश्यमा पक्कै पनि फिचर्स फिल्ममा काम गर्ने छु । अहिले गरिरहेको मिहेनत पनि त्यसकै लागि हो ।
० कला क्षेत्रको राम्रो र नराम्रो पक्ष के हो ?
हरएक क्षेत्रको राम्रो र नराम्रो पक्ष हुन्छन् । कला क्षेत्रको राम्रो पक्ष भन्नुपर्दा कलाले समाजलाई प्रेरित गर्न, सामाजिक परिवर्तन ल्याउन र व्यक्तिलाई जीवनका विभिन्न पक्षहरू बुझ्न मद्दत गर्दछ । त्यसै गरि मलाई लागेको नराम्रो पक्ष चाहिँ धेरै कलाकारहरूलाई आफ्नो कामबाट स्थिर र नियमित आम्दानी गर्न कठिनाई हुनेगरेको छ । कलाकारिताको क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा छ । आआफ्नो ग्रुप छ, जसले गर्दा सफल हुन गाह्रो छ ।
० अहिलेको अवस्थामा कलाकारिता गर्न कत्तिको सहज छ ?
अहिलेको अवस्थामा कलाकारिता गर्न निकै सहज बनेको छ । प्राविधिको विकासले कलाकारहरूलाई डिजिटल प्लेटफर्महरूमा आफ्नो कला प्रस्तुत गर्न र व्यापक दर्शकसम्म पुग्न सजिलो बनाएको छ । यूट्यूब, इंस्टाग्राम, टिकटोक जस्ता सोसल मिडिया प्लेटफर्महरूले नयाँ कलाकारहरूलाई प्रचारप्रसार गर्ने मौका दिएका छन् ।
० मोडलिङमा लागेर के गुमाउनुभयो ?
मोडलिङ पेशामा लागेर खासै केही गुमाउनु परेको त छैन । तर यो क्षेत्रमा शारीरिक बनावटको धेरै महत्व हुने भएकाले थोरै भएपनि मानसिक दवाव महसुस हुने गरेको छ ।
० राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव कतिको आउँछ ?
राम्री हुनु भनेको प्रेम प्रस्ताव आउँनु हैन जस्तो लाग्छ । हाल काममै ब्यस्त भएकोले होला प्रेम प्रस्तावबारे त्यति चासो राखेकी छुईन ।
० ग्ल्यामर्स क्षेत्रमा महिला कलाकारको मूख्य समस्या भनेको के हो ?
ग्ल्यामर क्षेत्रमा महिला कलाकारहरूले धेरै प्रकारका चुनौतीहरूको सामना गर्छन् ती मध्य एक हो लैंगिक भेदभाव धेरैजसो महिला कलाकारहरूले पारिश्रमिकमा असमानता, भूमिकाहरूको विभाजनमा भेदभाव र अवसरहरूको कमी अनुभव गर्छन् ।
० अन्तमा के भन्न चाहनु हुन्छ ?
आन्त्यमा भन्नु पर्दा मिडियाले विविधता र समावेशीकरणलाई बढावा दिन जरुरी छ । हामी बस्ने विविध समाजलाई प्रतिबिम्बित गर्न विभिन्न जाति, लिङ्ग र संस्कृतिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न जरुरी छ । यसले समानता प्रवद्र्धन गर्न मद्दत गर्दछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल