Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोदी इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । मोदी इनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको आईपीओ ५ लाख ९९ हजार ४ सय ४२ जनाले १०–१० कित्ताका दरले पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता र सामुहिक लगानी कोषका लागि ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरी सर्बसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता आईपीओ बिक्री गरेको हो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।
पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले विद्युत उत्पादन गरिरहेको छ ।