Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोफसलबाट फक्रिएको फूल

भनाई नै छ– प्रतिभा प्रष्फुटन हुनका लागि कुनै स्थानविशेषले रोक्दैन, यो त जहाँकहीँ पनि पोखिन सक्छ । बरु त्यसका लागि वातावरण र संगतचाहिँ त्यही किसिमको हुनुपर्छ । र त नेपालीमा कथन छ– संगतगुनाको बुद्धि, बिउगुनाको फल । हो– जस्ताको संगत ग¥यो– त्यस्तै बाटो पछ्याइन्छ अनि जस्तो बिउ रोप्यो– त्यस्तै फल फल्छ । मोफसलका युवा सञ्चारकर्मी रामप्रसाद अधिकारीको हकमा पनि यस्तै भयो । उहाँ सानैबाट विद्युतीय पत्रकारिताको क्षेत्रमा आकर्षितमात्रै हुनुभएन– एकाग्र भएर त्यही बाटो पछ्याउनुभयो । अन्ततः सफलतासमेत प्राप्त गर्नुभयो । औपचारिक परिचय नभएता पनि अहिले धेरैको नजरमा नौलो हुनुहुन्न रामप्रसाद । नयाँ पुस्ताका रेडियो–टेलिभिजनकर्मी तथा श्रोताले त उहाँको अनुशरण नै गर्न थालेका छन् । विक्रम सम्वत् २०५२ पुस २९ गते कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–१ चङघाटमा भीमप्रसाद अधिकारी र हरिकलाको तेस्रो सन्तानको रूपमा जन्मिनुभएका रामप्रसाद त्यस्तै ४ वर्षको उमेरमा स्थानीय सिद्धार्थ माध्यमिक विद्यालय भेलाई जान थाल्नुभएको हो । अध्ययनमा अब्बल उहाँलाई हरेक शुक्रबार विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, वादविवाद, हिज्जे, गायन, नृत्य, अभिनय आदिमा सञ्चालन÷संयोजकको जिम्मेवारी नै दिइन्थ्यो । अर्कातर्फ ७÷८ कक्षा अध्ययन गर्दाबाटै उहाँ स्थानीय तथा केन्द्रीय प्रसारणको रेडियो÷टेलिभिजनबाट प्रसारण हुने समाचार÷कार्यक्रम सुन्नुहुन्थ्यो । २०६८ मा सिद्धार्थबाटै एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययनका लागि रामप्रसाद भृकुटी उच्च मावि कर्णुलीयामा भर्ना हुनुभयो । र, यससँगै स्थानीय रेडियो कार्यक्रम हाम्रो आवाजको सम्पर्कमा पुग्नुभयो । उहाँको सक्रियताबाट प्रभावित भएर त्यहाँका सञ्चारकर्मीले पनि उहाँलाई साथ दिए । अनि सुरु भयो– रामप्रसादको पत्रकारिता यात्रा । त्यसको केही समयपछि त स्थानीय अन्य रेडियोमा पनि उहाँको माग बढ्यो । विशेषतः २०७२ को भूकम्पका बेला उहाँले स्थलगत कार्यक्रम नै सञ्चालन गर्नुभयो । त्यसबाट धेरैको मन जित्दा उहाँ परिचितसँगै लोकप्रियसमेत बन्नुभयो । परिणामतः धेरैवटा रेडियो कार्यक्रममा छाउन थाल्नुभयो । यतिमात्रै होइन– सबैतिर ‘हाइहाइ’ भएपछि नेपाल टेलिभिजनबाट हरेक शनिवार प्रसारण हुने कार्यक्रम ‘विकास र बहस’ मा जोडिनुभयो । पश्चिमाञ्चल ब्युरो प्रमुख हुँदै हाल ‘श्रृंखला’को कार्यक्रम प्रस्तोता र निर्देशकसमेत बन्नुभएको छ रामप्रसाद ।


सम्बन्धित समाचार