Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिक विकासलाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन्। उनले विकास र आधुनिकताको नाममा समाजको पहिचान तथा सांस्कृतिक जरा भुल्न नहुनेमा जोड दिएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले पुराना सम्पदाको संरक्षण र नयाँ विकासबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै उनले समाजको वास्तविक सम्पत्ति भौतिक संरचनामात्र नभई प्रेम, सद्भाव, विश्वास र भाइचारा पनि भएको बताए। उनका अनुसार यस्ता अमूर्त सामाजिक सम्बन्धले नै समुदायलाई बलियो बनाउँछन्।
टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध विस्तार र सामुदायिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। नयाँपन भित्र्याउने नाममा पुराना संरचना पूर्ण रूपमा भत्काउने तथा सम्पदा संरक्षणका नाममा नयाँ विकासलाई रोक्ने दुवै प्रवृत्ति उचित नभएको उल्लेख गर्दै उनले दुवैबीच सन्तुलन आवश्यक रहेको बताए।
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताउँदै थापाले समाजलाई सकारात्मक सोच, सद्भाव र आपसी विश्वासका आधारमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले नेपाली समाजलाई आफ्नो मौलिक जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता पनि औँल्याए। प्रविधि र डिजिटल संसारमा मात्रै सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, संवाद र आत्मीय सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता, आपसी सद्भाव र सम्बन्ध विस्तारका दृष्टिले निकै महत्त्वपूर्ण हुने उनले बताए।
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल