Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । युभेन्ट्ससँग क्रिस्टियानो रोनाल्डोलाई सम्झौता गराउन सफल भएको पुष्टि गराउन पाउँदा म्यानचेस्टर युनाइटेड निकै खुसी छ । व्यक्तिगत सर्तहरू, भिसा र मेडिकललगायतका प्रक्रिया पूरा हुन बाँकी छ, युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्न क्लबका सबै प्रतीक्षारत छन् । २४ घण्टाअगाडि मात्र युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले रोनाल्डोलाई भित्र्याउने पक्काजस्तै भइसकेको थियो । त्यसयता रोनाल्डोलाई लिन युनाइटेड लिन लागिपरेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई लिन असफल रहेपछि सिटी रोनाल्डोलाई भित्र्याउने कसरतमा थियो । तर, शुक्रबारको पत्रकार सम्मेलनमा युनाइटेड व्यवस्थापक ओले गनर सोल्सायरले रोनाल्डो यस क्लबको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताउँदै उनको आगमनको संकेत गरेका थिए ।
सन् २००३ देखि २००९ सम्म खेल्नेक्रममा रोनाल्डोले युनाइटेडलाई तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि दिलाउन विशेष भूमिका खेलेका थिए । त्यसक्रममा उनले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । इटालियन सञ्चारमाध्यममा जनाइएअनुसार युनाइटेडले रोनाल्डोलाई २ करोड ८० लाख युरोमा किनेको हो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल