Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्याराडोनालाई श्रद्धाञ्जलि दिँदै पेलेले भने, एक दिन हामी आकाशमा बल खेल्छौँ

एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनले यतिबेला फुटबल क्षेत्र स्तब्ध छ । विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विश्वभरबाट श्रदद्धाञ्जलि व्यक्त भइरहेका छन् ।
म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले पनि श्रदान्जलि व्यक्त गरेका छन् । आफूले महान साथी गुमाएको बताउँदै ८० वर्षीय पेलेले एक दिन आकाशमा बल खेल्ने बताएका छन् ।
‘कस्तो दुःखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर, भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ ।’
दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । अर्जेन्टिनाका पूर्वप्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३(२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो । त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए । अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।


सम्बन्धित समाचार